हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पोखरा विमानस्थल : रिठेपानी डाँडा कटानका लागि अध्ययन सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु भएको छ। विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सुरु गरेको हो।
वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको नेपाल खबर अनलाइनले लेखेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ। सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ। विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ।
तर वन सम्बन्धी कार्यविधि अनुसार विामानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ। सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ति गरी उपलब्ध गराएपछि डाँडा कटान सुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताउनुभयो। ठूला विकासका आयोजनाका नाममा वन विनासलाई नियन्त्रण नगर्दा वन मासिँदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताएका छन्।
आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र वन कटान सुरु गरिनुपर्ने बताउनुभयो। विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ। तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ति गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिडेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ।सहयोगी पत्र -पत्रिकाबाट
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)