हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रथम झापा जिल्ला युवा सम्मेलन ८ बुँदे घोषणा पत्र जारी गर्दै सकियो

 युवामैत्री स्थानीय तह, अन्तर पार्टी युवा संजाल निर्माण लगायतका ८ बु“दे घोषणा पत्र जारी गर्दै झापा जिल्ला युवा सम्मेलन बिर्तामोडमा सकिएको छ ।

Advertisement

Advertisement

                    ८ बुँदे घोषणा पत्र यस्तो छ 

१, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ ले परिकल्पना गरे बमोजिम युवा शक्तिलाई गुणस्तरीय र व्यवसायिक शिक्षा, युवा रोजगारी, उद्यमशीलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा युवाहरुको लागि खेलकूद र मनोरञ्जनको माध्यमबाट समृद्धिको मार्गमा अघि बढ्ने गरिको नीति, कार्यक्रम र आवश्यक बजेटको व्यवस्था गर्दै युवामैत्री स्थानीय तह निर्माण गर्न झापा जिल्लाका सबै स्थानीय तहहरुको गम्भिर ध्यानाकर्षण गर्दछौं ।

२, झापा जिल्लासहित आज मुलुककै गम्भिर समस्याको रुपमा रहेको लागु औषध प्रयोग तथा ओसार—पसारमा बढ्दै गएको युवा संलग्नताले पर्न गएको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक असरलाई कम गर्न भईरहेका सबैखाले कार्यक्रम, अभियानहरुलाई अझ बढी प्रभावकारी रुपमा अघि बढाउन सरोकारवालाहरुको ध्यानकर्षण गराउँदै यससँग सम्बन्धित कानून, नीति, नियमको प्रभावकारी कार्यान्वयनका लागि जोडदार माग गर्दछौ ।

३,  दिगो विकास लक्ष्यलाई हासिल गर्नका लागि झापा जिल्लाका युवाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुराप्रति ऐक्यवद्धता जनाउदै सोको कार्यान्वयनका लागी स्थानीय सरकारलाई निति निर्माण तथा कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्दै यसको प्रचार—प्रसार गरी परिणाममुखी वनाउन बनाउँदै झापा जिल्लालाई संन् २०३० अगावै दिगो विकाश लक्ष्य हासिल गरेको जिल्ला बनाउन जिल्लास्थित सम्पूर्ण सरोकारावालहरुकोध्यानाकर्षण गर्दछौं ।

४,  विपद्जोखिम व्यस्थापन(बाढी, आगलागि, हात्ति आतंक, सडक दुर्घटना लगायत) का हिसाबले झापा जिल्ला अती उच्च जोखिममा रहेको हूँदा विपद् जोखिमको समयभन्दा अगाडी, भएको समयमा र विपद् पश्चात् युवाहरुलाइविपद् जोखिमको अल्पिकरण, प्रतिकार्य, पुनर्लाभ र पुनस्र्थापना कार्यको लागि युवा अग्रसरताको लागि नीति, कार्यक्रम र बजेटको उच्चतम व्यवस्थापन गर्नको लागि सम्पूर्ण सरोकारवालाहरुको ध्यानकर्षण गर्दछौं ।
५,  झापा जिल्लालाई पुर्ण युवा रोजगार जिल्ला बनाउन युवा उद्यमशिलता र उत्पादन कार्यलाई केन्द्रबिन्दुमा राखि बैक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने वातावरण सिर्जना गरेर युवालाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा समावेश गराउँदैकृषि उत्पादनको क्षेत्रमा झापा जिल्लालाई शुन्य आयातयुक्त जिल्ला घोषणा गर्न सामूहिक अभियान संचालन गर्न ऐक्यबद्धता जनाउँदछौं ।

६,  नेपालको कुल जनसंख्याको करीब ४०।३५ प्रतिशत जनसंख्या रहेको युवा शक्तिलाई जिल्लास्थित सबै निकाय, तहहरुमा युवाको पहिचान, पहुँच र प्रतिनिधित्व स्थापित गर्दै योजना निर्माण, कार्यान्वयन तथा प्रतिफलको बाँडफाँडमा न्यायोचित र समानुपातिक हिस्सेदारीको सुनिश्चितताको लागि जोडगर्दछौं ।

७,  समाजमा विद्यमान सबैखाले ९वर्गीय, लैंगिक, जातीय, भाषिक, धार्मिक, भौगोलिक लगायत० विभेद, असमानता एवं अन्धविश्वास, कुरिती र कु—संस्कारको समूल अन्त्य गर्दै≤ सामाजिक—सांस्कृतिक रुपान्तरणका लागि व्यापक युवा सहभागितामा प्रभावकारी जिल्लास्तरीय अभियान संचालन गर्न हामी सामूहिक प्रतिबद्धता व्यक्त गर्दछौं ।

८,  झापा जिल्लाको हकमा युवाको क्षेत्रमा सामूहिक एवं साझा ढंगले काम गर्नको लागि “अन्तर पार्टी युवा संजाल” को निर्माण गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि हामी सामूहिक प्रतिवद्धता व्यक्त गर्दछौं ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)