हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रथम ढडुवा गलाउ मेचे स्मृति कप : जलथल एफसी सेमिफाइनलमा प्रवेश

झापाको हल्दिबारी ३ मा ढडुवा एफसी द्वारा आयोजित प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जलथल एफसी प्रवेश गरेको छ ।

Advertisement

आज भएको कचनकवलको बगान युथ क्लब र जलथल एफसी बिचको खेलमा ३-२ गोलअन्तरले पराजित गर्दै जलथलले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । ३-० गोलले पछि परेको अवस्थामा बगान युथले अन्तिम ३ मिनेटमा २ गोल गरेर खेलमा फर्किन खोजे पनि असफल रह्यो ।

Advertisement

खेलको पहिलो हाफकै २८औँ मिनेटमा जर्सी नम्बर १० का खेलाडी गिल्सन कन्दङ्वाले पहिलो गोल गरेका थिए भने उनैले ३१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमको आगि अग्रता दोब्बर बनाउन सफल भए ।
जलथलले पहिलो हाफमै २-० गोलको अग्रताले अगाडि बढयो ।

दोस्रो हाफको १०औँ मिनेटमा आशिष चापागाईंले थप गोल गर्दै जलथल ३-० गोलको फराकिलो अन्तरले जित पक्का पक्की गर्ने तयारीमा खेलिरहेको थियो।तर, खेलको अन्त्यतिर नियमित गोलरक्षक समिर लिम्बूलाई परिवर्तन गर्दै समिर परियार मैदान प्रवेश गरेसँगै बगान युथका खेलाडी निरज कार्कीले बगान युथ कल्ब लाई केही सान्त्वना दिलाउन सफल भए।

त्यस सगै जलथल एफसीका गोलकिपरका गल्तिको कारण बगानले पेनाल्टी पाउँदा मिलन राईले गोल गरे पनि खेल आफ्नो पक्षमा बनाउन भने असफल नै रह्यो ।खेलको म्यान अफ दी म्याच व्यक्तिगत २ गोल गरेका जलथलका गिल्सन बने । ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा सोमबार विशालपुर एफसी भद्रपुरले एनसीएफसी सैनिकसँग खेल्ने छ ।

स्व गलाउ मेचेकि धर्मपत्नी चन्द्रा माया मेचेको सभाअध्यक्षमा चलिरहेको कार्यक्रमको संचालन एवम सहजीकरण अभिषेक खतिवडाले गरिरहेका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)