हल्दिबारी गाउँपालिका वडा नं. ३, पञ्चायत मा.वि.को खेल मैदानमा हिजोदेखी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज दोस्रो दिनको खेलमा ब्रद्रस युनाइटेड चन्द्रगढी र गोलधाप एफसी बिचको खेल ट्राइबेकर मा गोलधाप एफसीले जितेको छ ।
निरधारित ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन नसके पछी निर्णय निकाल्न रेप्रीले ५/५ जना लाई पेनाल्टी हान्न लाएका थिए।पेनाल्टीमा ५-४ गाेलअन्तरमा गाेलधाप विजयी बन्याे ।
टाइब्रेकरमा चन्द्रगढीका लागि प्रविण राई, निकेश गुरुङ, सुरज लिम्बू र सुशन ब्लोनको प्रहारमात्र गोलमा परिणत भएको थियो भने दिपांशु राउतको प्रहार गोलधापका गोलरक्षक सन्तोष हास्दाले रोकेका थिए ।
यस्तै, गोलधापका लागि निशान बस्नेत, सन्तोष हेमरम, अमित मुर्मु र मिलन योङहाङको प्रहार गोलमा परिणत हुँदा सन्जोग राईको प्रहार चन्द्रगढीका गोलरक्षक दिपांशु राउतले रोकेका थिए ।
अस्मित मगरको प्रहार क्रस बारमा लाग्दै भित्रिँदा अनलक्की सावित बने । गोलधापका लागि निर्णायक गोल मोहन टुडुले गरेका थिए । खेलको म्यान अफ दी म्याच गोलधापका गोलरक्षक सन्जोक हास्दा बने ।
ढडुवा एफसी हल्दिबारी ३ ले आयोजना गरेको प्रतियोगितामा भोलि (शनिबार) झापा एफसी राजगढ र न्यू स्टार फुटबल क्लब खोपबारी (बिर्तामोड)बीच हुनेछ ।
आयोजकका २ टिम र अरु ८ टिमको सहभागिता रहेको खेलमा प्रथम हुनेले ३१०५५ तथा दोस्रो हुनेले २१०५५ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार ब्यवस्था गरिएको छ ।
आजको कार्यक्रममा अध्यक्षता स्व.गलाउ मेचीकी धर्मपत्नी चन्द्रा मेचेले गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि पन्चायत मा.विका प्रधानाध्यापक कृष्ण वन, विधालयका शिक्षक शिक्षिक , राजनितिक पार्टीका प्रतिनिधिहरु, लगायत खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आयोजकले बेष्ट किपर, बेष्ट डिफेन्च, बेष्ट मिड फिल्डर, बेष्ट फर्वड, बेष्ट कोच र हाईस्कोरलाई २–२ हजार नगद पुरस्कार दिने छ भने बेष्ट प्लेयरले ३००० नगद सहित साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५०० को ब्यवस्था गरेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथि कृष्ण वनले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन अभिषेक खतिवडाले गरेका थिए।

















