हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदीपराजको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।

Advertisement

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले हाम्रो नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो ।

Advertisement

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार सन्तोष जंग थापाद्धारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोसन राईले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ । गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गर्नु भएको छ भने संगित तथा भिडियो निर्देशन आसिक राईले गर्नु भएको छ । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गर्नु भएको हो साथै उक्त म्यूजिक भिडियो सदभाव टिभि नेपाल यूट्युव च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)