हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्री र विप्लवबीच छलफल , सहमति कार्यान्वयन गर्न विप्लवको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्। सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेका हुन्।

उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको नेकपाका नेता उदय चलाउने ‘दिपक’ले जानकारी दिए। उनले भने, ‘आज महासचिव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएको थियो। भेटमा महासचिवले सरकारसँग भएका सहमति कार्यान्यनका लागि जोड दिनुभएको छ।’

Advertisement
ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)