हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘प्रेमगित ३’ को हिन्दी संस्करण लिक भएपछि तनावमा निर्माता निर्देशक

काठमाडौं ।

Advertisement

शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण रिलिज गरिएसँगै पाइरेसी भएको छ । नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय पर्दामा एकसाथ प्रदृशनमा आएको फिल्म भारतका ३ सय ३० वटा पर्दामा एकसाथ रिलिज गरिएको छ ।

Advertisement

लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि प्रर्दशनमा आएको फिल्मको हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने भएको छ ।

‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा रिलिज नगरिँदै लिक भएपनि नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज गरिनेछ । उक्त फिल्म ‘अनएथिकल’ एप ‘टेलिग्राम’ मा लिक भएको निर्माण यूनिटले जनाएको छ ।

इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न नसके पनि निर्माता सन्तोष सेनको यो हिम्मतको सबैले तारिफ गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)