हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फागुन १५ गते कांग्रेसद्वारा चितवन बन्दको घोषणा

चितवन। नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको छ। चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेसले जिल्ला बन्दको घोषणा गरेको हो।

Advertisement

वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा छन्।

Advertisement

उनी अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएको भन्दै काँग्रेसले चितवन बन्दसहितका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रमअनुसार मंगलबार दिउँसो १२स् ३० देखि जिल्ला प्रशासन कार्यालय, चितवनमा एक घण्टा धर्ना दिने, बुधबार लायन्स चोकबाट पुल्चोकसम्म मसाल जुलुस र बिहीबार चितवन बन्द गरिने काँग्रेसले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)