झापा, चैत १ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब ७० जनाबाट करिब तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा झापाको बिर्तामोडका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिर्तामोड–५ का २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन्। अग्रवालले ठगी गरेको आरोप लगाउँदै करिब २५ देखि ३० जना पीडितले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र छानबिन भइरहेको छ। प्रतिदिन दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार