हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ९ महिना अगाडि

बिर्तामोडमा एमालेको मोटरसाइकल र्याली, अन्तरिम सरकारविरुद्ध नाराबाजी

झापा ।जेनजी आन्दोलनको प्रमुख निशाना बनेपछि नेकपा एमालेले झापाको बिर्तामोडमा आफ्नो राजनीतिक गतिविधि थप तीव्र पारेको छ।

Advertisement

पार्टीगत सक्रियताका दृष्टिले झापामा एमालेको बिर्तामोड इकाइ सबैभन्दा सक्रिय देखिएको छ। अन्तरिम सरकारविरुद्ध चार दिनको अन्तरमा एमालेले बिर्तामोडमा दुई पटक ठूलो प्रदर्शन सम्पन्न गरेको हो।

Advertisement

शनिबार बिर्तामोडमा पार्टीले मोटरसाइकल र्याली सम्पन्न गरेको छ। तीन दिनअघि मात्रै गरामनी क्षेत्रमा पनि एमालेले प्रदर्शन र कोणसभा आयोजना गरेको थियो।

आजको मोटरसाइकल र्याली सिटी सेन्टरबाट सुरु भई गरामनी र चारपानी हुँदै विर्ता बजार पुगेको र अन्त्यमा कोणसभामा परिणत भएको थियो।

कोणसभामा जेनजी नेता आशा गुरुङ, राष्ट्रिय युवा संघ नेपालका झापा इन्चार्ज एवम् कार्यक्रम संयोजक खगेन्द्रराज आङ्देम्बे, संघका विर्तामोड अध्यक्ष प्रविन सादेम्बा, एमाले केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी लगायतका वक्ताहरूले मन्तव्य राख्दै प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको भन्दै तत्काल खारेज गर्न माग गर्नुभयो। साथै, विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग पनि राखिएको थियो।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले मुलुकमा अराजकता फैलाउने, आगजनी र तोडफोड गर्नेहरूलाई कानूनी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)