समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बिर्तामोडमा खोलामा डुबेर बालकको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा खेल्ने क्रममा खोलामा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

बिर्तामोड–४ का बिक्रम माझीका दुई वर्ष पाँच महिनाका छोरा दिवांश माझी बुधबार बिहान घर छेउमै रहेको अदुवा खोलामा डुबेका हुन्। बिहान करिब ९:४५ बजेतिर डुबेको अवस्थामा बालकलाई उनका हजुरबुबाले देखेपछि स्थानीयको सहयोगमा तत्काल उद्धार गरी बी एण्ड सी अस्पताल, बिर्तामोड लगिएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

घटनापछि थप अनुसन्धान र कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)