समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

बिर्तामोडमा दुई डान्स बारमा छापा, दुई पक्राउ

झापा । बिर्तामोडमा सञ्चालनमा रहेका दुई डान्स बारमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गएराति डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेको हो।

प्रहरीका अनुसार प्रशासनले तोकेको समयको अवज्ञा गर्दै राति अबेरसम्म बार सञ्चालन भइरहेको पाइएपछि डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका–२ का २३ वर्षीय संगीत राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरीको गोलबजार नगरपालिका–१ का २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरिएको हो। छापा राति साढे १२ बजे परेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। बिर्तामोडमा करिब आधा दर्जन डान्स बार सञ्चालनमा रहेको र प्रशासनले तोकेको समयको पालना नगरी सञ्चालन भइरहेको गुनासो आएपछि छापा मारिएको प्रहरीको भनाइ छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)