हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

बिर्तामोडमा फोनिजको २६औँ स्थापना दिवस : “आदिवासी जनजातिका सवालमा मिडियाको एकजुट प्रतिबद्धता”

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औँ स्थापना दिवस मंगलबार झापामा विभिन्न कार्यक्रमसहित मनाइएको छ।

Advertisement

सो अवसरमा फोनिज झापा शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया आयोजना गर्‍यो। कार्यक्रममा मिडियाले आदिवासी जनजातिको मुद्दामा दिइरहेको प्राथमिकता र आवश्यकताबारे छलफल भयो।

Advertisement

कार्यक्रम फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथि संघीय समिति सदस्य भूमिका फियाक लिम्बु थिइन्। कार्यक्रममा पत्रकार, पत्रकार संगठनका प्रतिनिधि, आदिवासी जनजाति महासंघ (नेफिन) का पदाधिकारी र सरोकारवालासहित करिब ५० जनाको सहभागिता थियो।

फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन कुमार राईले राज्यसत्ताले अझै आदिवासी जनजातिको सवाललाई पूर्ण रूपमा बुझ्न नसकेको बताए। उनले संविधानले नीति निर्माण तहमा पु¥याए पनि राजनीतिक दलहरूले आवाज दबाउने गरेको आरोप लगाए। उनका अनुसार, फोनिज, नेफिन र जातीय संगठनबीचको सहकार्य अपरिहार्य छ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले धारणा राखे। वक्ताहरूले मिडियाले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचना सुरक्षित गर्न आदिवासी जनजातिको आवाज निरन्तर उजागर गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका नेतृत्व र पत्रकार संघ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिका मुद्दालाई समाचारमा प्राथमिकताका साथ ल्याउने प्रतिबद्धता जनाए। उनीहरूले संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा मिडियाको सक्रियतासहित एकजुट भएर लाग्ने साझा अठोट व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य फोनिज झापाका उपाध्यक्ष तिलक योञ्जनले दिएका थिए भने सञ्चालन सचिव सन्तोष वेघाले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)