समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

बिर्तामोडमा लागुऔषधसहित तीन जना पक्राउ

झापा, पुस १७ — झापाको बिर्तामोड नगरपालिका–४ स्थित बिर्तामोडबाट करिब १ किलोमिटर दूरीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ पुस १७ गते राति करिब ९ बजे इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दमक नगरपालिका–४ का २३ वर्षीय राजा माझी, दमक नगरपालिका–१ का २९ वर्षीय टेकबहादुर कुमाल र सोही स्थानका ३३ वर्षीय हर्कबहादुर कुमाल रहेका छन्।


प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ७ ग्राम ४३० मिलिग्राम (प्लास्टिक बाहेक ६ ग्राम १५० मिलिग्राम), प्रतिबन्धित औषधि ‘Nitrozepam tablets IP (Nitrosun® 10)’ लेखिएको ६ पत्ता अर्थात् ५५ ट्याब्लेट, दुई थान स्क्रिन टच मोबाइल फोन र एक थान कीप्याड मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)