झापाको बिर्तामोड नगरपालिकामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मिति २०८२ साल १० गते १७ गते साँझ करिब २०:२५ बजेको समयमा बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो।
प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ९१९९ नम्बरको स्कुटी अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा स्कुटी चालक बिर्तामोड नगरपालिका–७ निवासी करिब ३५ वर्षीय शुभाष मादेन गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल लगिएको थियो।अस्पतालमा चिकित्सकले जाँच गर्दा सोही दिन साँझ २०:५५ बजेको समयमा उनलाई मृत घोषणा गरिएको हो। मृतकको शव हाल बीएनसी अस्पतालको शवगृहमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















