झापा । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा रहेको एक गोठमा आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार मिति २०८२ साल ९ महिना २० गते अपराह्न ५ः१५ बजे बुट्टाबारी निवासी होममणि बस्नेतको टिनको छानो तथा बाँसको टाटीबेरा भएको एकतले गोठ–गुवालीमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो।
आगलागीको जानकारी पाउनासाथ प्रहरी, स्थानीयवासी तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। करिब ५ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट गोठमा प्रयोग भएका काठपात, टिन तथा गुवालीमा राखिएका ट्र्याक्टरका पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यद्यपि, उक्त घटनामा मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार