हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बेला भएको छैन साथी ! : टीका पोखरेल

सुशासनको कुरा गर्ने बेला भएको छैन साथी
भ्रष्टाचारको बिरोध गर्ने बेला भएको छैन साथी
जतिसुकै कराए नि सुन्ने वाला कोहि छैन
भ्रष्टाचारले अझैसम्म सीमा नाघेको नि छैन ।

Advertisement

अलिअलि लुटेको त हेर्ने फुर्सद कसलाई छ र !
अलिअलि बेथितिमा बोल्ने फुर्सद कसलाई छ र !
स्वार्थ परक संस्कृतिको अझै आयु बाँकी नै छ
सभ्य, शालीन संस्कृतिको अंकुरण बाँकी नै छ ।

Advertisement

अलिअलि नाङ्गिदैमा देख्ने वाला कोहि छैन
अलिअलि बिग्रँदैमा बोल्ने वाला कोहि छैन
नाङ्गिने लाई दिनुपर्छ पुर्ण नग्न हुने गरि
बिगार्ने लाई दिनुपर्छ भताभुङ्ग हुने गरि ।

भ्रष्टाचारले यो देशमा सीमा नाघ्नु पर्छ साथी
गरिबीले अर्थतन्त्र जर्जर हुनुपर्छ साथी
तब ढुंगा पनि बोल्छ, भ्रष्ट लाई खेदौं भन्दै
लाटा सोझा सबै उठ्छन् सुशासन ल्याउने भन्दै ।

हतारमा कुनै काम सफल कहाँ भएको छ र !
नपाकेको फल पनि मिठो कहिले भएको छ र !
आउँछ साथी त्यो दिन पक्कै लाटो पनि बोल्ने
आफ्नो स्वार्थ पन्छाएर देशको लगि बोल्ने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)