हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भजन : “राम नाम जपियो हरि नाम जपियो”

राज कुमार कार्की

Advertisement

 ॐ नम शिवाय ।

Advertisement

राम नाम जपियो हरि नाम जपियो।

भगवानको नाम लिदा के चै सकियो ।।

यात्रा गर्दै छौ भगवान हामीले तिम्रै लीलामा।

बेलपाती फुल भेटी चढाउदैछौ शिव तिम्रै शिलामा।

राम नाम जपियो हरि नाम जपियो।

भगवानको नाम लिदा के चै सकियो ।।

तेस्रो आँखा खोलि शिव हामीलाई देउ ज्ञानकै ज्योति।

स्वर्ग जाने बाटो बनाई देउ शिव हामीलाई एकै चोटि ।।

राम नाम जपियो हरि नाम जपियो।

भगवानको नाम लिदा के चै सकियो ।।

दूध दही घिउ मह फूलपाती भेटी चढाइ।

मनाउदैछौ शिव आज तिम्रै हर्ष बढाइँ ।।

सर्पको गहना लगाइ खरानी धसेर जोगिकै भेषमा।

हिन्दुराज्य बनाइदेउ शिव पाप बढ्यो धेरै यो देशमा ।।

राम नाम जपियो हरि नाम जपियो।

भगवानको नाम लिदा के चै सकियो ।।

चार धाम मध्य एक धाम बन्यो शिव पशुपतिनाथमा।

माता पार्वती सँग विवाह भयो शिव आजै तिम्रो साथमा।।

राम नाम जपियो हरि नाम जपियो।

भगवानको नाम लिदा के चै सकियो ।।

आएकाछौ शिव आज हामी भक्तजन तिम्रै शरणमा।

स्वर्ग जाने बाटो बनाइदेउ शिव छौ हामी मृत्यु वरणमा।।

राम नाम जपियो हरि नाम जपियो।

भगवानको नाम लिदा के चै सकियो ।।

ॐ नम शिवाय ।

जय शम्भु ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)