समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

भद्रपुरबाट ब्राउनसुगरसहित बिर्तामोडका तीन युवा पक्राउ

भद्रपुर, झापा । ​झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ स्थित डाँगीबारीबाट प्रहरीले भारी मात्रामा लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना युवाहरूलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब ३ बजेको समयमा भारतबाट नेपालतर्फ शंकास्पद रूपमा आउँदै गरेका उनीहरूलाई फेला पारेको हो।
​पैदल आउँदै गरेका ती व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूले शरीरका विभिन्न भागमा लुकाई–छिपाई ल्याएको ब्राउन सुगर जस्तो देखिने लिसैलो पदार्थ बरामद गरिएको थियो। प्रहरीका अनुसार प्लाष्टिकसहित तौल गर्दा ३ ग्राम २३० मिलिग्राम र प्लाष्टिक बाहेक ३ ग्राम १० मिलिग्राम परिमाणको उक्त लागुऔषध फेला परेको हो।

विज्ञापन (Advertisement)Advertisement

​पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७, बिर्ताबजार बस्ने २८ वर्षीय अजय ऋषिदेव, वडा नम्बर ३ सैनिक मोड बस्ने २७ वर्षीय रस्को मुर्मु र सोही वडाको हर्कलाल मार्ग बस्ने ३२ वर्षीय सरोज कार्की रहेका छन्। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)