हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

भद्रपुरमा गोली प्रहार: लागूपदार्थ सहित भारतीय नागरिक नियन्त्रणमा

भद्रपुर, झापा/२०८२ साउन १० गते । झापा जिल्लाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारको भीत्रि सडकखण्डमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोली प्रहार गर्दै एक जना व्यक्तिलाई लागूपदार्थ सहित नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरीका अनुसार, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापा बाट खटिएको संयुक्त टोलीले भारतको किसनगंज जिल्ला, कोल्लिकोट थानाका ३६ वर्षीय मोहम्मद इस्लामलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीलाई देख्ने वित्तिकै उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए।

Advertisement

प्रहरीले आत्मरक्षाको क्रममा पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरेकोमा १ राउण्ड गोली मोहम्मद इस्लामको बाँया खुट्टाको घुँडामुनि लागेको थियो। उनलाई तत्काल नियन्त्रणमा लिइएपछि शरीर खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने लागूपदार्थ ११० ग्राम २०० मिलिग्राम र प्लास्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

घाइते इस्लामको हाल प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। उनकाे अवस्था सामान्य रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)