भद्रपुर । मकर (माघी) स्नानका लागि कनकाई माई मेला जाँदै गरेका क्रममा सवारी दुर्घटनामा मृत्यु भएका भद्रपुर नगरपालिका–७ बासिलाल चोककी ४० वर्षीया सुस्मा राजवंशी र उनकी १८ महिने छोरी आरुती राजवंशीको शनिबार दाहसंस्कार गरिएको छ। भद्रपुर–७ स्थित विश्रान्ति घाट देउनियामा आमा–छोरीलाई एउटै चित्तामा राखेर अन्त्येष्टि गरिएको हो। दुर्घटनामा घाइते १४ वर्षीय छोरा आशिषले भाँचिएको हातकै सहाराले आमा र बहिनीलाई दागबत्ती दिएका थिए।
आपतलाल राजवंशी श्रीमती सुस्मा, छोरी आरुती र छोरा आशिषसहित आफन्तजनलाई लिएर माघ १ गते बिहान साढे ८ बजे चिया पत्ती बोक्ने बोलेरो पिकअप भ्यानमा मकर स्नानका लागि घरबाट निस्किएका थिए। घरबाट निस्किएको करिब एक घण्टामै उनीहरू सवार मे १ च ४५१५ नम्बरको पिकअप भ्यान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–३ नयाँबस्ती नजिकै दुर्घटनामा परेको थियो।
बिहान साढे ९ बजे माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुवाहक बससँग पिकअप ठोक्किँदा दुर्घटना भएको हो। पिकअपमा चालकबाहेक १३ जना सवार थिए। घाइतेहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बालिका आरुतीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। केही समयपछि आमा सुस्माको पनि उपचारकै क्रममा मृत्यु भयो।
दुर्घटनामा घाइते ११ जनामध्ये आपतलाल राजवंशीको अवस्था चिन्ताजनक रहेको छ। उनको बीएण्डसी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ। छोरा आशिषको हातमा चोट लागेको थियो। स्वास्थ्यमा केही सुधार आएपछि उनले आमा र बहिनीलाई दागबत्ती दिएको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान भद्रपुरका उपाध्यक्ष नन्दलाल राजवंशीले जानकारी दिए।
उनका अनुसार आशिष हाल मामाहरूसँग आफ्नै घरमा काजक्रियामा बसेका छन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले बालकको पालनपोषणका लागि सहयोग गर्न सबैसँग अपिल गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार