झापा । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे छोट्याएर विमानस्थल सञ्चालनमा ल्याइएको छ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकाले पूर्ण रूपमा रनवे प्रयोग गर्न नसकिएको हो। उहाँले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा सीमित गरी विमान सञ्चालन भइरहेको जानकारी दिनुभयो।
दुर्घटनापछि रनवे सफाइ तथा प्राविधिक जाँच गरी सुरक्षा मापदण्ड पूरा भएपछि उडान सञ्चालन सुरु गरिएको विमानस्थल प्रशासनले जनाएको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक सावधानी अपनाइएको र स्थिति सामान्य बनाउन थप काम भइरहेको खत्रीले बताउनुभयो।
दुर्घटनाको कारणबारे सम्बन्धित निकायले छानबिन गरिरहेको र जहाज हटाउने काम पूरा भएपछि रनवे पूर्ण क्षमतामा सञ्चालनमा आउने विमानस्थल कार्यालयले जनाएको
भद्रपुर विमानस्थलमा रनवे घटाएर उडान सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















