एजेन्सी,भारत ।४ फेब्रुअरी: भारतको पूर्वोत्तर राज्य मणिपुरमा बुधबार राष्ट्रपति शासन हटाइयो। यसैबीच, राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)का नेता वाई खेमचन्द सिंह आज साँझ मणिपुरको मुख्यमन्त्रीको रूपमा ‘लोक भवन’मा सपथ ग्रहण गर्ने भएका छन्। प्रदेश भारतीय जनता पार्टी (भाजपा)ले यसबारे जानकारी गराएको छ।
भाजपा मणिपुर इकाइले एक पोस्टमार्फत जानकारी दिंदै भन्यो, “वाई खेमचन्द सिंहको अनुभवी र दूरदर्शी नेतृत्वमा मणिपुर शान्ति, विकास र सुशासनको मार्गमा अघि बढ्न तयार छ। उनको नेतृत्वमा राज्यमा स्थिरता र प्रगतिको नयाँ युग सुरु हुने छ।”
खेमचन्द सिंहको नेतृत्वमा राजगको प्रतिनिधि मण्डलले राज्यपाल अजय कुमार भल्लासँग भेट गरी सरकार गठनको दाबी पेश गरेको थियो। उनी मंगलबार नयाँ दिल्लीमा भाजपा तथा राजग विधायका दलको नेता चयन भएका थिए। पूर्व मुख्यमन्त्री बीरेन सिंहको नेतृत्वमा रहेको सरकार गत वर्ष मणिपुरमा बढेको जातीय हिंसाका कारण गिरेको थियो।
मणिपुरमा मे २०२३ देखि जारी जातीय हिंसामा हालसम्म २६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने करिब ६०,००० मानिस विस्थापित भएका छन्। राज्यमा माएतेई र कुकी समुदायबीच तनाव अझै कायम छ।
सपथ ग्रहण समारोह ‘लोक भवन’मा हुने छ र यसका लागि बिहानदेखि तयारी चलिरहेको छ। पाँच मन्त्रीले खेमचन्दसँगै पद तथा गोपनीयताको शपथ लिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार