हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतमा एकै दिन एक हजार ५६९ कोरोना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ ।

Advertisement

यस समयमा भारतमा ९१७ जना सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १६ हजार ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना सङ्क्रमण निको भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)