हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्तमा ३७ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको बीजपुर र रायपुरका अस्पतालमा उपचार जारी रहेको बताइएको छ । भिडन्त करिब ४ घण्टासम्म चलेको थियो ।

Advertisement

शुक्रबार रातिदेखि २ हजार बढीको संयुक्त सुरक्षा बलले सुकमा र बीजापुरको अलग९अलग क्षेत्रमा माओवादीविरुद्ध अपरेशन चलाएको थियो ।

Advertisement

त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए । त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो । माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगको भिडन्तमा सुरक्षाकर्मीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)