हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्थलगत अनुगमनका लागि नेकपा अध्यक्ष प्रचण्डजाने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्थलगत अनुगमनका लागि जाने भएको छ।

Advertisement

भारतले कात्तिक १७ गते सार्वजनिक नक्सामा नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानीसमेत आफ्नो सीमाभित्र राखेपछि सतहमा आएको सीमा विवादबारे अध्ययन गर्न राज्य व्यवस्था समिति अतिक्रमित क्षेत्रमै पुग्ने तयारी गरेको हो।

Advertisement

समितिले यसअघि कात्तिक २५ गते सरकारलाई अतिक्रमित भूमि फिर्ता ल्याउन राजनीतिक र कुटनीतिक पहल थाल्न निर्देशन दिँदै नेपालले प्रयोग गरिरहेको नक्सा गलत भएको भन्दै सच्याउन निर्देशन दिएको थियो।

कालापानीसम्म पुग्नका लागि चाहिने हेलिकोप्टर, वासस्थान, खानपान लगायतको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको श्रेष्ठले बताए।टोलीमा नेकपा अध्यक्ष प्रचण्ड पनि जानसक्ने बताइएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)