हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाको खोप: भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन्। सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएको मोदीले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन्।

Advertisement

आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन्। भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ। भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ।

Advertisement

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ। सुरूमा भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो भने केही दिनअघि सरकारले १० लाख डोज भ्याक्सिन किनेर ल्याएको छ भने बाँकी १० लाख डोज आउने प्रक्रियामा छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)