हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भारतीय हस्तक्षेपका विरूद्धमा अखिल क्रान्तिकारीको चितवनमा भव्य प्रदर्शन

काठमाडौँ। भारतीय हस्तक्षेपका विरूद्धमा अखिल क्रान्तिकारी नारायणी क्षेत्रीय समन्वय समितिले चितवनमा भव्य प्रदर्शन गरेको छ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले जिल्लाको भरतपुर महानगरपालिकाको वीरेन्द्र बहुमुखी क्याम्पस रोडबाट सुरू भएको विरोध र्याली सहिद चौकहुँदै पुलचोकमा पुगरे कोर्णसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा हजारौंको सहभागिता रहेको एक केन्द्रिय नेताले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।

Advertisement

आइतबार नारायणी क्षेत्रीय समन्वय समितिले आयोजना गरेको उक्त विरोध कार्यक्रममा भाग लिनको लागि मकवानपुरको मनहरीबाट छुटेका दुईवटा बस प्रहरीले नियन्त्ररणमा लिएको भन्दै अखिलका नेताहरूले आक्रोश पोखेका छन्।

भारतले केही समय अगाडि नेपालको लिम्पयाधुरा क्षेत्रको ३१० वर्गकिलोमिटर जमिन आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि प्रतिबन्धित नेकपाकाे भ्रातृ संगठन अखिल क्रानितकारीले विरोध प्रदर्शन गर्दै आएको छ।

 

सीमा मिचिएको विषयमा आवाज उठाउदा पनि राज्यले बल प्रयोग गरेको भन्दै अखिल क्रान्तिकारी चितवन जिल्ला संयोजक रेम बोर्जेले सरकारको आलोचना गरेका छन्। त्यस्तै कार्यक्रममा अखिलका नेता सुदीप पौडेल र सुमन श्रेष्ठले सीमाको रक्षा गर भन्दा पनि सरकारले धरपकट गर्ने र गिरफ्तार गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)