हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारत महाराष्ट्रको सरकारी अस्पतालमा आगलागी, १० बिरामीको मृत्यु

भारतको महाराष्ट्र राज्यको अहमदनगरस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ ।

Advertisement

शनिबार अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । उक्त वार्डमा कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको थियो । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोस्लेले आगलागीमा परी १० जना बिरामीको मृत्यु भएको पुष्टि गरे ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार अस्पतालमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । अस्पताल स्रोतका अनुसार आईसीयू वार्डमा २५ जना बिरामी भर्ना भएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)