राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सर्वोच्च प्राथमिकता भएको र नेपालको सरकारले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।

उहाँले भन्नुभयो, “तनावपूर्ण क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा संवेदनशील विषय हो। नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सम्बन्धित देशका नेपाली राजदूतावास र नियोगहरूले नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै तत्काल सहायता, सुरक्षित व्यवस्थापन र नेपाल फर्कन चाहनेहरूसँग समन्वय गर्नु अत्यावश्यक छ।”

राप्रपा अध्यक्ष लिङ्देनले संकटपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै, सुरक्षित रहन र सुरक्षा सचेतता अपनाउन नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अपील पनि गर्नुभएको छ।

उहाँको यो अभिव्यक्ति, मध्यपूर्वमा रहनुभएका नेपालीहरूको सुरक्षाप्रति राजनीतिक दलको संवेदनशील दृष्टिकोण र तत्काल पहलको आग्रहको संकेत स्वरूप देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार