हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्त्रिपरिषदको निर्णय लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने ?

सरकारले नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

Advertisement

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई आइतबारको मन्त्रिपरिषद् बैठकमै प्रस्तुत गरिए पनि आवश्यक छलफलका लागि भन्दै निर्णय हुन सकेको थिएन ।

Advertisement

भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू(भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए ।भारतले नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)