हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीका कारण ६ जनाको मृत्यु,५० हजार विस्थापित

 मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले  जानकारी दिएका छन् ।

Advertisement

बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् ।घटनास्थलमा पिडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

बाढी गएको क्षेत्रमा लगातार बाक्लो बर्षा भएको थियो । बर्षापछिको बाढीले बस्ती डुवानमा परेपछि ४७ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी प्रारम्भिक तथ्याङ्का छ ।“बाढीका कारण मैले मेरो सबै जायजेथा गुमाएको छु, बाढीले मेरो घरको छानो समेत डुवाएको छ,” कारखानामा काम गर्ने ५९ बर्षिय मजदुर तान कोङ लेङले भन्नुभयो । घटनाका बारेमा बताइरहँदा उहाँले आखाँबाट आशु झारिरहनु भएको थियो ।

घटना भएको क्षेत्रमा हरेक बर्ष बढी बर्षा भएको बेला बाढीले दुःख दिने गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति पनि हुने गरेको स्थानीयले बताएका छन् ।बाढीका कारण मुख्य राजमार्गसहित धेरै सडक सञ्जालमा क्षति भएकाले यातायात सेवा पनि प्रभावित भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)