हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मलेसियामा एक नेपाली युवतीको निधन

मलेसियामा एक नेपालीको निधन भएको छ । निधन हुनेमा नुवाकोटको पन्चकन्या गाउँपलिकाकी सन्जिता थिङ तामाङ रहेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँको अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा शनिवार निधन भएको हो ।

Advertisement

उनको टाउकोमा पानी जमेको थियो । टाउकोको उपचार हुन नसकेपछि क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा निधन भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

उनी २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा काम गर्ने गर्थिन् । शवलाई आवश्यक प्रक्रिया पूरा गरेर नेपाली पठाउने तयारी गरिएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)