हल्दिबारी न्यूज डेक्स ,क्वालालम्पुर (मलेसिया):मलेसियामा ग्लोव उत्पादक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत एक नेपाली श्रमिकको बस भित्रै बसेको अवस्थामा मृत्यु भएको छ। नेपाल ठेगाना रामेछाप जिल्लाको खाँडदेवि गाउँपालिका वडा नम्बर.२ निवासी ३३ बर्षिय श्रमिक पुर्णलाल मोक्तानको मृत्यु भएको हो।

पुर्णलाल मोक्तान हिजो बिहिवारको रातीको ड्युटी सकिएर आज शुक्रवार बिहान कम्पनीको ड्युटीबाट पेटालिङ्जायामा अवस्थित आफू बस्ने होस्टेलमा बसमा बसि फर्किने क्रममा बसभित्रै बसेकै अवस्थामा मृत्यु भएको सहकर्मी दिनेश माली भगतले जानकारी दिनुभयो। मृतक मोक्तान मलेसियाको केलाङ मेरुमा अवस्थित टप ग्लोव कम्पनीमा बिगत ९ बर्षदेखि काम गर्दै आएका थिए।

प्राप्त जानकारी अनुसार मृतक मोक्तान बसभित्रै बसि फोन चलाइरहेका थिए , अच्चानक उनको हातबाट फोन झर्यो र जब उनको नजिकैको सिटमा बसेको अर्को एक नेपालीले मोक्तान तिम्रो फोन झर्यो उठाउ भन्दा सुनेनन् अनि पुनः बसमा बसेका अन्य नेपालीहरुले चेकजाँच गर्दा मोक्तानको मृत्यु भैइसकेको थाहा पाएको बताइएको छ। हाल मृतक मोक्तानको शव पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ।

उनको मृत्यु अच्चानक के कारणले भएको हो ? भन्ने बारे अब पोस्टमार्टम रिपोर्ट आईसकेपछि बल्ल थाहा हुनेछ्न्।-रोहित राजबंशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार