हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलेसियामा नेपाली युवकले गरे प्रेमिका आइतमायाको ह’त्या

काठमाडौं । मलेसियामा एक नेपाली युवकद्धारा युवतीको विभत्स हत्या भएको छ । नेपाली पासपोर्टधारी सिक्किमकी आइतमाया मगर र ति नेपाली युवकबिच झगडा भएको र झगडापछि नेपाली युवकले धारिलो हतियारको प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत युवतीबिच भनाभन भए लगत्तै ति युवकले चक्कु प्रहार गरेको त्यहीँ कार्यरत नेपालीले दिएका छन् ।

Advertisement

घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई आज जानकारी गराइने भएको छ। हत्यामा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा रक्सी खाएर बसिरहेका थिए।

छुरा प्रहारपछि होटलका श्रमिकले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएसँगै मलेसियन प्रहरीले घटनाको मुचुल्का गरेर शव उठाइसकेको छ । घटनाबारे थप अनुसन्धान गर्दा ति दुई युवा युवती प्रेमी प्रेमीका भएको खुलेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)