हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलेसियामा ९ जना सुरक्षा गार्ड नेपालीमा देखियो कोरोना संक्रमण

काठमाडौं , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय १० बढी देशमा फैलिएको छ । मलेसियामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ६ हजार ४ सय बढी रहेको छ । यस्तै मलेसियामा रहेका नेपालीमा पनि कोरोना संक्रमण देखिएको छ ।

Advertisement

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार हालसम्म मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या १८ पुगिसकेको छ । थप ९ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै मलेसियामा कोरोना संक्रमितको संख्या १८ पुगेको हो ।

Advertisement

थप ९ कोरोना संक्रमित नेपाली क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा सुरक्षा गार्डहरूको रुपमा काम गर्ने गर्छन् । मलेसियामा हालसम्म ३ कोरोना संक्रमित नेपाली भने उपचारपछि निको भइसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)