हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माओवादीले टुंग्यायो मन्त्रीको नाम, को-को बन्ने भए मन्त्री ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । यससँगै दलहरुले आ आफ्नो तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन थालेका छन् । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको स्थायी समितिले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

Advertisement

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जानेछन् । यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो । उनीहरूले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन ।

Advertisement

माओवादीको तर्फबाट यस अघि नै नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)