समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

माघ ९ देखि ‘परिवर्तन’ एकसाथ प्रदर्शनमा


बिर्तामोड, झापा ।आगामी माघ ९ गतेदेखि नेपाल तथा विदेशका सिनेमा घरहरूमा एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवर्तन’ हेर्न चलचित्रका कलाकार तथा निर्माण पक्षले दर्शकलाई आग्रह गरेका छन्।

झापाको बिर्तामोडस्थित पिज्जा घरको सभाहलमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा निर्माण टिमले चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया र दर्शकका अपेक्षाबारे जानकारी गराएका हुन्।

विज्ञापन (Advertisement)Advertisement

सामाजिक यथार्थ, एक्सन र सस्पेन्स मिश्रित कथावस्तु बोकेको ‘परिवर्तन’ ले झापा र सीमावर्ती क्षेत्रसँग जोडिएका संवेदनशील विषयलाई उठान गरेको निर्माण टिमको भनाइ छ। यस्ता विषयवस्तुले दर्शकलाई सोच्न बाध्य बनाउने र मनोरञ्जनसँगै सन्देश दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

चलचित्रमा समसामयिक सामाजिक यथार्थलाई रोचक ढंगले प्रस्तुत गरिएको भन्दै ‘परिवर्तन’ दर्शकका लागि विशेष हुने दाबी निर्माण टिमको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)