हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले प्रस्तुती ५० हजार प्राप्त गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।

Advertisement

देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले लाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

Advertisement

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ ।

कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)