हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ।

Advertisement

सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीका प्रवत्ता एसएसपी विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली मसेवालाको हत्यारा खोज्न नेपाल आएको बारे जानकारी नभएको बताए। राजधानी दैनिकबाट

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)