समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

मेचिपुल नजिक खैरो हेरोइनसहित एक युवक पक्राउ

झापा,कार्तिक १७ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचिपुलस्थित क्षेत्रमा आज साँझ ५:०० बजे  लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रामबहादुर तामाङ रहेका छन्। शंका लागेपछि प्रहरीले उनलाई जाँच गर्ने क्रममा तामाङको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने लिसाइला पदार्थ फेला परेको हो।

विज्ञापन (Advertisement)Advertisement

उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम तथा प्लास्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

तामाङलाई सो लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)