समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

मेचीनगरबाट लागुऔषध सहित युवक पक्राउ

झापा, १६ भदौ २०८२ । मेचीनगरबाट लागु औषधिसहित एकजना युवा पक्राउ परेको प्रहरीले जनाएको छ।

मेचीनगर–६, पुरानो मेचीपुल स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अर्जुनधारा–२ बस्ने २८ वर्षीय प्रकाश योङहाङलाई शंका लागेर चेकजाँच गर्दा २ ग्राम ३२० मिलिग्राम खैरो हेरोईन फेला परेको छ।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीले प्रकाशलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जानकारी दिँदै थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)