हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मेस्सी र एम्बाप्पे चम्किदा पीएसजीको सहज जीत

स्टार फरवार्डद्धय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन९पीएसजी०ले फ्रेन्च लिग वानमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नान्टेसलाई ३-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सहज जीत निकालेको हो ।

Advertisement

लुइस फोन्टेनेउमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन एम्बाप्पेले दुई गोल गर्दा नुनो मेन्डेसले एक गोल गरे । एम्बाप्पेको दुवै गोलमा मेस्सीले एसिस्ट दिए । खेलको १८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा फाबियो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो ।

Advertisement

५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । यस्तै ६८ औं मिनेटमा मेन्डेसले गोल गर्दै पीएसजीलाई ३-० गोलको जीत दिलाए । जीतसँगै पीएसजी ६ खेलबाट १६ अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने पराजित नान्टेस समान खेलबाट ६ अंकको साथ दसौं स्थानमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)