हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मोदी र ओलीको पुत्ला बबरमहलमा आन्दोलनकारीले जलाए 

आन्दोलनकारीलाई रोक्न भनेर प्रहरी तम्तयार थियो । तर बबरमहलमा हात्तहुत्तै युवाहरुको समूह निस्कियो । ब्यानर र पुत्ला बोकेका उनीहरुले छिनभरमै नारा लगाउँदै आगो लगाए ।

Advertisement

युवाहरुले जलाएका पुत्ला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थियो । भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार ओली र मोदीको पत्ला दहन गरेका हुन् ।

Advertisement

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन् । प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । र उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)