समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

मोरङमा अदालतको नक्कली पेज बनाई रकम ठगी गर्ने आमा–छोरी पक्राउ

मोरङ । जिल्ला अदालत, मोरङको नक्कली सामाजिक सञ्जाल पेज बनाई विभिन्न पदमा भर्ना खुलेको भनी दर्ता शुल्कका नाममा ई–सेवा मार्फत रकम ठगी गर्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहा जिल्ला लहान स्थायी घर भई हाल मोरङको विराटनगर महानगरपालिका–५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनम देवी साह  र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साह रहेका छन्।

विज्ञापन (Advertisement)Advertisement

उनीहरूले अदालतको नाममा नक्कली पेज सञ्चालन गरी विभिन्न व्यक्तिहरूलाई रोजगारीका नाममा प्रलोभन देखाई दर्ता शुल्कका रूपमा रकम संकलन गरेको प्रहरीले जनाएको छ। साथै, किनमेल गर्ने बहानामा आधा रकम दिएर बाँकी रकम पुनम देवी साहकै नामको सटही नहुने चेक दिने गरी ठगी गर्ने कार्य पनि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ। साथै ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पुनम देवी साहको मोबाइल नम्बर ९८२३८९८२९३ बाट ई–सेवा मार्फत ठगीमा परेका अन्य पीडितहरूलाई पनि जिल्ला प्रहरी कार्यालय, मोरङमा निवेदनसहित सम्पर्क राख्न आग्रह गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)