काठमाडौं । राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा “म रक्तदान गर्छु” भन्ने मूल प्रतिबद्धताका साथ २०औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस काठमाडौंमा विशेष समारोहबीच सम्पन्न भएको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौंको आयोजनामा स्थानीय केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र (नेरासे) को भवनमा आयोजित उक्त समारोहको उद्घाटन डा. घनश्याम खतिवडाले गर्नुभएको थियो। समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन विभागका उप–प्राध्यापक भिक्षु आनन्द रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाजका प्राविधिक सल्लाहकार डा. विशेष पौडेल, नेरासे तदर्थ समितिकी सदस्य सूर्यकुमारी श्रेष्ठ, मनमोहन कार्डियो भास्कुलर थोरेसिक सेन्टर शिक्षण अस्पतालका प्रमुख डा. अनिल भट्टराई, डा. कपेन्द्रशेखर अमात्य, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रकी निर्देशक डा. मनिता श्रेष्ठ राजकर्णीकार तथा निर्देशक पवनकुमार गुप्ता उपस्थित हुनुहुन्थ्यो।
नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौं जिल्ला शाखाका संयोजक राधाकृष्ण तण्डुकारको स्वागत मन्तव्यसँगै सुरु भएको समारोहमा प्रमुख अतिथिबाट २५औँ वैवाहिक वर्षगाँठको अवसरमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाता दम्पती तेजरत्न महर्जन र सरिता महर्जनलाई संकलन थैली हस्तान्तरण गरिएको थियो।
सो अवसरमा ब्रम्हटोल मिसा पुचः र इभेन्ट सोलुसनको तर्फबाट डा. घनश्याम खतिवडालाई धन्यवाद तथा कदर–पत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै आकस्मिक आवश्यकताका बेला रक्तदानमा सहयोग गर्दै आएका On Call Blood Donor हरू— इन्द्ररत्न बज्राचार्य (A+), लक्ष्मी बलाय श्रेष्ठ (B+), जीतन राजोपाध्याय (O+), निधिस सापकोटा (AB+), नरेन्द्र श्रेष्ठ (A–), मधु लोहनी (B–), ध्रुव अधिकारी (O–) र देवेन्द्र स्थापित (AB–) लाई समेत कदर–पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वयंसेवी रक्तदातालाई थप प्रेरणा दिन नयाँ रक्तदान जागरण गीतसमेत लोकार्पण गरिएको छ। उक्त गीतमा नेपाल आइडल सिजन–५ का विजेता करण परियार र नेपाल आइडल सिजन–६ की विजेता गंगा सोनामको स्वर रहेको छ। गीतको रचना प्रेमसागर कर्माचार्यले गर्नुभएको हो भने संगीत तथा संगीत संयोजन जीवित जल्मीले गर्नुभएको हो।
अन्त्यमा गायकद्वय करण परियार र गंगा सोनाम, संगीत संयोजक जीवित जल्मी तथा नृत्य निर्देशक तथा नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठलाई धन्यवाद तथा कदर–पत्र प्रदान गरी सम्मान गरिएको थियो।
यसै अवसरमा रक्त बिन्दु नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाजबीच आबद्धता कायम भएको घोषणा गरिएको छ। संघसंस्था दर्ता ऐन २०३४ अनुसार दर्ता नं. ४१२ सहित सेवा प्रदान गर्दै आएको रक्त बिन्दु नेपालले आगामी दिनदेखि नेपाल स्वयंसेवी रक्तदाता समाजको विधानअनुसार कार्य गर्ने सहमति जनाएको हो। आबद्धता–पत्र समाजका राष्ट्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य र रक्त बिन्दु नेपालका केन्द्रीय अध्यक्ष सुमन खरेलबीच आदान–प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार