हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

यस बर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं – यस बर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु नबाड्ने भएको छ । नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजनामा रहेको बताइएको छ ।

Advertisement

नेपालमा कोरोनाभाइरसको जोखिम बढ्दै गइरहेकोले यस बर्षको दशैमा भीडभाड हुने हुनाले नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको बताइएको छ ।

Advertisement

दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा राष्ट्र बैंकले आधिकारिक जानकारी भने दिएको छैन । राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैया दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)