हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ का अन्तिम तीन शृङ्खलामा चामत्कारिक प्रदर्शन गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ।

Advertisement

लिगको अन्तिम खेलमा डीएल मेथडका आधारमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको हो। यो जितसँगै अङ्कतालिकामा नेपालको ४० अङ्क पुगेको छ। चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा पुगेको हो।

Advertisement

यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरे। नेपालका लागि भीम सार्की, आरिफ शेख, कुशल भुर्तेल र गुल्सन झाले अर्धशतक प्रहार गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)