झलनाथ खनाल र माधवकुमार नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपिल गरेको छ । बुधबार १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीको निरंकुश र प्रतिगामी काम कारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् ।

‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा सहमति जनाएका योगेश भट्टराई र गोकर्ण विष्टको पनि विज्ञप्तिमा नाम उल्लेख छ । केही दिन मौन देखिएका भट्टराई र विष्टले नेपाल समूहलाई छोडेको अनुमान गरिएको भएपनि आजको विज्ञप्तिले नेपाल समूहमै रहेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार