हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राजदूत पराजुलीको सराहनीय काम, सरकारले तोकेकोभन्दा २५ हजार सस्तोमा नागरिकलाई ओमानबाट नेपाल पठाउने (सूचनासहित)

झापा l  ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ ।ओमानस्थित नेपाली राजदुत शर्मिला पराजुलीको पहलमा नेपाल सरकारले तोकेभन्दा २५ हजार सस्तोमा आफ्ना नागरिकलाई ओमानबाट स्वदेश फर्काउने भएको हो ।

Advertisement

दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो ।

Advertisement

सरकारले ओमानबाट नेपालको शुल्क नेपालको भाडा करिबत्र ६१ हजार नेपाली रुपैयाँ तोको छ। तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५ ओमानी रियलमा नेपाल ल्याउने भएको हो । यो रकम नेपाली रु ३४ हजार हुन्छ ।

दूतावासले यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको कोरोना नेगेटिभ रिर्पोट अनिवार्य रुपमा पेश गर्न भनेको छ । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)